सिद्धार्थ इन्स्योरेन्सको बीमा दाबी सम्बन्धी अन्तरक्रिया कार्यक्रम पोखरामा सम्पन्न

Advertisement

काठमाडौं । सिद्धार्थ इन्स्योरेन्सले ‘संस्थागत सुशासन र पारदर्शिता, दाबी भुक्तानीको सुनिश्चितता’ विषयक बीमा दाबी सम्बन्धी अन्तरक्रिया पोखरामा सम्पन्न गरेको छ ।
बुधवार आयोजित कार्यक्रममा बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईले बीमा दाबीसम्बन्धी जानकारी दिएका थिए ।

कार्यक्रममा बीमितसँगको प्रत्यक्ष साक्षात्कारबाट एकअर्काका कमीकमजोरी पहिचान गरी दाबी भुक्तानी कार्यलाई प्रभावकारी बनाउन कार्यक्रमले मद्दत पुग्ने विश्वास उनले व्यक्त गरे । कम्पनीका सञ्चालक पवनकुमार अग्रवालको सभापतित्वमा सम्पन्न कार्यक्रममा होटल, पर्यटन, मोटर व्यवसायसँग सम्बन्धित व्यवसायी तथा बीमा दाबीसँग प्रत्यक्ष संलग्न सर्भेयरहरूको उपस्थिति थियो ।

Advertisement

Advertisement

Advertisement