राष्ट्र बैंकको प्रवक्तामा डा. गुणाकर भट्ट नियुक्त

Advertisement

काठमाडौं । नेपाल राष्ट्र बैंकको प्रवक्तामा डा. गुणाकर भट्ट नियुक्त भएका छन् । डा. भट्टलाई बिहिबार प्रवक्ता नियुक्त गरिएको हो । उनले बिहिबारबाटै जिम्मेवारी सम्हालिसकेका छन् ।

राष्ट्र बैंकको कार्यकारी निर्देशक भट्टले अनुसन्धान विभागको जिम्मेवारी सम्हालिरहेका छन् । उनले नेपाल राष्ट्र बैंकको प्रवक्ताका रुपमा सूचना प्रवाहलाई चुस्त दुरुस्त बनाउने बताए ।

‘आजैबाट जिम्मेवारी पाएको छु, प्रवक्ताका रुपमा सूचना प्रवाह गर्ने जिम्मेवारीलाई कुशलतापूर्वक निर्वाह गर्नेछु’, डा. भट्टले भने ।

Advertisement

Advertisement

Advertisement