ताइवानका सेना प्रमुखको हेलिकप्टर दुर्घटनामा मृत्यु

Advertisement

ताइपेई । सैन्य हेलिकप्टर दुर्घटनामा परी ताइवानका सेना प्रमुखको मृत्यु भएको छ । चीनले आफ्नो भूमिको रुपमा दावी गर्दै आएको ताइवानमा बिहीबार बिहान भएको उक्त दुर्घटनामा सेना प्रमुख शेन यी मिङसहित आठ जनाको मृत्यु भएको हो । ताइवानले भने आफूलाई स्वतन्त्र राज्य भएको बताउँदै आएको छ ।

न्यू ताइपेईको पहाडी इलाकामा भएको उक्त दुर्घटनामा मृत्यु हुनेमा अरु उच्च सैनिक अधिकारीहरु रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका पाँच जनाको उपचार भइरहेको जनाइएको छ । यही महिना हुन लागेको राष्ट्रपतीय तथा संसदीय चुनावको पूर्वाद्धमा हेलिकप्टर दुर्घटना भएको हो । चीनसँगको सम्वन्ध कस्तो हुने ? भनेर जनमत संग्रहको रुपमा हुन लागेको यो दुर्घटनाले धेरैलाई आशंका पनि जन्माएको छ । दुर्घटना भएको हेलिकप्टर निकै आधुनिक र सुरक्षित हुँदाहुँदै पनि कसरी दुर्घटना भएको बारे यहाँको सुरक्षा निकायले अनुसन्धान सुरु गरिसकेको छ ।

Advertisement

Advertisement

Advertisement