उवासंघ चितवनको अध्यक्षमा दुई आकांक्षीबीच गोलाप्रथा, राजुले उम्मेदवारी दिने

Advertisement

काठमाडौँ । उद्योग वाणिज्य संघ चितवनको आसन्न निर्वाचनमा अध्यक्षका दुई आकांक्षीबीच गोलाप्रथाबाट एकले अध्यक्ष र अर्काले वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिने सहमति जुटेको छ । संघको ५३ औं साधारणसभा तथा अधिवेशन पुस २८ र २९ गते हुन लागेको पूर्व सन्ध्यामा दुई आकांक्षीबीच सहमति हुन नसक्दा गोला प्रथाबाट निकास निकालिएको हो ।

पूर्व अध्यक्षहरुको रोहबरमा अध्यक्षको उम्मेद्वारीका लागि गोलाप्रथा गरिएको हो । गोलाप्रथामा राजु श्रेष्ठले बाजी मारेका छन् । अर्का आकांक्षी चुननारायण श्रेष्ठले बरिष्ठ उपाध्यक्षमा उम्मेद्वारी दिनेछन् । अर्को कार्यकालमा चुननारायण अध्यक्षलाई अध्यक्षको उम्मेद्वार बनाउने सहमति बनेको समेत बताइएको छ ।

दुई आकांक्षी मध्ये राजु श्रेष्ठ अध्यक्षको उम्मेद्वार बन्ने भएका हुन् भने अन्य जो कसैले पनि उम्मेद्वारी दिन सक्ने प्रावधान छ । राजुलाई नेकपा र चुननारायणलाई नेपाली काँग्रेसको समर्थन थियो ।

मतदानको अधिकार प्राप्त ४४ सय सदस्यमध्ये ३५५० जनाले नविकरण गरेको उद्योग वाणिज्य संघ चितवनले जनाएको छ । संघमा अध्यक्ष १ जना, बरिष्ठ उपाध्यक्ष १ जना, उपाध्यक्ष ३ जना, सदस्यतर्फ उद्योगबाट ६ जना, बाणिज्यबाट ६ जना, बस्तुगतबाट ४ जना, महिला उद्यमी १ जना, कर्पोेरेट सदस्य २ जना र क्षेत्रीय संगठित सदस्य १ जना निर्वाचित हुने व्यवस्था रहेको संघले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement