अब एटिएमबाट दैनिक एक लाखसम्म निकाल्न पाइने

Advertisement

काठमाडौं । नेपाल राष्ट्र बैंकले एटिएमबाट दैनिक एक लाख रुपैयाँसम्म झिक्न मिल्ने व्यवस्था गरेको छ । राष्ट्र बैंक भुक्तानी विभागले सर्कुलर जारी गर्दै एटिएम कार्डहरुबाट अब दैनिक एक लाख रुपैयाँसम्म झिक्न पाउने व्यवस्था गरेको हो ।

त्यस्तै, अब एटिएमबाट एक पटकमा २५ हजार रुपैयाँ झिक्न सकिनेछ । हाल एटिएमबाट एक पटकमा २० हजार रुपैयाँ मात्रै झिक्न पाइने व्यवस्था थियो । त्यस्तै, अब बैंक तथा वित्तिय संस्थाहरुले एटिएम बुथ अगाडी सुरक्षा गार्ड राख्नु नपर्ने भएको छ । सिसिटिभी भने सबै एटिएम बुथहरुमा अनिवार्य गरिएको छ ।

राष्ट्र बैंक भुक्तानी विभागका प्रमुख समेत रहेका कार्यकारी निर्देशक बम बहादुर मिश्रले एटिएम सेवाको उपयोगलाई बढाउन र थप विश्वसनियता अभिवृद्धिका लागि भुक्तानीको आकार वृद्धि गरेको बताए ।

Advertisement

Advertisement

Advertisement