बढ्यो चिसोः यी कुरामा ध्यान नदिए स्वास्थ्यमा आउन सक्छ समस्या

Advertisement

काठमाडौं । नेपालको सबै जसो भुभागमा चिसो बढ्ने क्रम जारी छ । चिसोमा कतिपय मानिसहरुले आफ्नो स्वास्थ्यको ख्याल राख्न जानेका हुँदैनन् । तर गर्मिको तुलनामा चिसो मौसममा शरीरलाई बचाउन धेरै मुस्किल पर्छ तर यस्तो उपाय अपनाएमा त्यती धेरै असहज पनि छैन ।

चिकित्सकले अधिक चिसोबाट स्ट्रोकदेखि ज्वरो, श्वासप्रश्वास, घाँटीको समस्याले सताउने भएकाले जाडोमा शरीरलाई न्यानो राख्न ध्यान दिनुपर्ने बताउँछन् । जाडोमा खासगरी हातखुट्टा, अनुहार (एक्स्पोज हुने भागको) छाला फुट्ने, फुस्रो हुने हुन्छ। यसबाट बच्न कोल्ड क्रिमको प्रयोग गर्न सकिन्छ। जाडोमा अन्य समयमा भन्दा हृदयाघात हुने सम्भावना ३० प्रतिशत बढी हुने भएकाले चिकित्सकले सतर्कता अपनाउन सुझाव दिएका छन्।

यी कुरामा विशेष ध्यान पुर्याउनुहोस्

  • नुहाउनका लागि कहिल्यै पनि धेरै तातो पानीको प्रयोग गर्नु हुँदैन । यसले छालालाई सुक्खा तथा खस्रो बनाउँछ । जसले गर्दा उमेरको असर पनि छालामा तीव्र तरिकाले देखिन्छ ।

  • चिसो मौसममा रुम हिटर तथा ड्रायरको प्रयोग धेरैले गर्छन् । यसको अधिक प्रयोग गर्नु हुँदैन । यसले पनि छालालाई सुक्खा बनाउँछ ।

  • चिसो मौसममा मस्चराइजरको महत्व अझ बढी हुन्छ । छालाको मस्चराइज सही तरिकाले गर्नाले छालालाई नरम बनाइराख्न सहयोग पुर्याउँछ ।

  • यो मौसममा घरबाहिर निस्किदा शरीरलाईल पूरै ढाक्ने न्यानो बनाउनुपर्छ । यसले शरीरलाई न्यानो बनाउनुका साथै चिसो हावालाई शरीरमा छिर्नबाट जोगाउँछ । चिसो हावाले छालालाई फुस्रो बनाउँछ ।

  • आफ्नो खानपिनमा पनि पूरै ध्यान राख्नुपर्छ । पर्याप्त पानी पिउनुका साथै खानामा पनि ओमेगा, फ्याट तथा भिटामिन सी, युक्त परिकार सेवन गर्नुपर्छ । जाडोमा सकेसम्म तातो कुरा खाने, सुप पिउने गर्नुपर्छ। यसले शरीरको तापक्रम सन्तुलनमा राख्छ । यस्तो परिकारले छालालाई नरम, सुन्दर तथा आकर्षक देखाउन मद्दत गर्छ ।

  • ताजा तथा झोल पदार्थ खाने, तातो कुरा खाने र शरीरमा तापक्रमको सन्तुलन कायम राख्ने ।

  • तुलसी, अदुवा, महको नियमित सेवन गर्न ।

  • घाम ताप्ने, तेलले मालिस गर्ने ।

  • बाक्ला, उनीका लुगा लगाउने ।

  • छालालाई चिसोबाट जोगाउन कोल्ड क्रिमलगायत प्रयोग गर्ने ।


जाडोमा मुटुलाई कसरी जोगाउने ?

  • चिसोको समयमा शरीरलाई न्यानो राख्नुपर्छ । शरीरलाई न्यानो राख्दा रक्तसञ्चार प्रवाहमा असर पर्दैन । त्यसैले चिसोको समययमा न्यायो कपडा लगाएर न्यायो वातावरणमा बस्नुपर्छ ।

  • चिसोको समयमा बढी एक्सपोज भएर हिँड्ने मानिसलाई मुटुरोगको समस्या बढी देखिन सक्छ, त्यसैले न्यायो कपडा लगाएर हिँड्ने, तातो खानेकुरा खाने, आफूलाई सक्रिय राख्ने गर्नुपर्छ ।

  • जाडो भगाउने नाममा मदिरा सेवन गरेर चिसो वातावरणमा बस्दा झनै मुटुलाई समस्या हुने चिकित्सक बताउँछन् । चिसोमा न्यायो हुन्छ भन्दै धेरैले अल्कोहल पिउँछन्, अल्कोहलले शरीरमा हिट पैदा भएको भन्दै न्यायो फिल गर्छन्र न्यायो कपडा लगाउँदैनन् । तर वास्तवमा शरीरलाई चिसो भइरहेको हुन्छ । कतिले त अल्कोहल पिउँदा न्यानो महशुस गरेर लगाएको कपडा पनि खोल्छन्, त्यसले गर्दा हार्टअट्याक हुने सम्भावना बढाउँछ । त्यसैले चिसोमा अल्कोहल पीएर न्यायो भइँदैन, न्यायो कपडा नै लगाउनु पर्छ ।

Advertisement

Advertisement

Advertisement