राष्ट्रियसभा निर्वाचनमा नेकपाका उम्मेदवार-नारायणकाजी पर्दा बामदेव गौतम अटाएनन् 

Advertisement

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)ले राष्ट्रियसभाका उम्मेदवारहरुको टुंगो लगाएको छ । पार्टीको शुक्रबार सम्पन्न सचिवालय बैठकले राष्ट्रियसभाका लागि उम्मेदवार टुंगो लगाएको हो ।
पार्टी प्रवक्ता नारायणकाजीलाई समेत उम्मेदवार बनाउने निर्णय गरेको नेकपाले उपाध्यक्ष बामदेव गौतमलाइ भने छुटाएको छ ।
गण्डकी प्रदेशमा अन्य समुहबाट नारायणकाजी श्रेष्ठ र महिलामा भगवती न्यौपाने उम्मेदवार बनेका हुन् ।

नेकपा श्रोतका अनुसार प्रदेश १ मा महिलाका तर्फबाट इन्दु गौतम, दलितका तर्फबाट गोपी अछामी र अन्य समुहबाट देवेन्द्र दाहाल उम्मेदवार बनाउने निर्णय भएको छ ।

प्रदेश २ मा भने महिलाबाट तुलसा दाहाल र दलितमा राधेश्याम पासवानलाई उम्मेदवार बनाइँदैछ । प्रदेश ३ मा महिला तर्फ गंगा बेलवासे र अन्य समुहमा बेदुराम भसुाल उम्मेदवार छन् ।

यस्तै प्रदेश ५ मा महिलाका तर्फबाट विमला घिमिरे र अपाङ्ग तथा अल्पसंख्यक समुहबाट जगप्रसाद शर्मा र अन्य समुहबाट गोपाल भट्टराई उम्मेदवार छन् । कर्णाली प्रदेशमा भने अन्यबाट मायाप्रसाद शर्मालाई अघि सारिँदा महिलाबाट सुमित्रा बिसीलाई उम्मेदवार बनाइएको छ । सुदूरपश्चिम प्रदेशमा भने अन्यबाट तारामान स्वांर र महिलाबाट शारदा भट्टलाई उम्मेदवार बनाउने निर्णय नेकपा सचिवालयले गरेको छ ।

Advertisement

Advertisement

Advertisement