सुनको मूल्य हालसम्मकै उच्च, एकैपटक तोलामा एक हजारको वृद्धि

Advertisement

काठमाडौं । साताको अनितम दिन आज शुक्रबार सुनको मूल्य ह्वात्तै बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत तीन दिन देखि ७३ हजार पाँच सय रुपियाँमा कारोबार भइरहेको छापावाला सुनको मूल्य आज एक हजार रुपियाँले बढेर प्रतितोला ७४ हजार पाँच सय रुपियाँ कायम भएको हो ।

आज महासंघले तेजाबी सुन प्रतितोला ७४ हजार दुई सय रुपियाँ कायम गरेको छ । त्यस्तै, महासंघले प्रति १० ग्राम छापावाला सुनको मूल्य ६३ हजार ८७० रुपियाँ कायम गरेको छ भने प्रति १० ग्राम तेजावी सुनको मूल्य ६३ हजार ६१५ रुपियाँ कायम गरेको छ ।

त्यस्तै, चाँदीको मूल्य ९०० रुपियाँमा कारोबार भएको छ । महासंघले आज प्रति १० ग्राम चाँदीको मूल्य ७७१ रुपियाँ ५० पैसा कायम गरेको छ ।

Advertisement

Advertisement

Advertisement