बल्ल न्याय पाए डा.  बेदुराम भुषालले

Advertisement

काठमाडौं । नेकपाले राष्ट्रियसभा निर्वाचनमा आफ्ना उम्मेदवारहरुको टुंगो लगाएको छ । शुक्रबार सम्पन्न नेकपा सचिवालय बैठकले सादगी नेताको छवि बनाएका विद्धान नेता डा. बेदुराम भुषाललाई पनि उम्मेदवार बनाएको छ । यस अघि कै राष्ट्रियसभामा उम्मेदवारी दिएर पनि भुषालले फिर्ता लिएका थिए ।

तत्कालिन राष्ट्रियसभा निर्वाचनमा बाम गठबन्धनका उम्मेदवार राम बहादुर थापा हार्ने सम्भावना देखिएपछि भुषालले सहजै उम्मेदवारी फिर्ता लिएका थिए । नेकपा भित्र अध्ययनशिल, नैतिक र निष्ठावान नेताका रुपमा चिनिएका डा. भुषालले त्रिभुवन विश्वविद्यालयबाट जनताको बहुदलिय जनवादमा विद्यावारिधी गरेका छन् ।

Advertisement

Advertisement

Advertisement