एसियाकै धनी मुकेश अम्बानीले खोले नयाँ पसल, अमेजनलाई ठूलो चुनौती

Advertisement

काठमाडौं । एसियाकै धनी मुकेश अम्बानीको रिलायन्सले भारतमा चलिरहेको अमेजन अनलाइन रिटेललाई ठूलो चुनौती दिने भएको छ । रियलाइन्स जिओ टेलिकमपछि उनले जिओ मार्टको नामबाट इकमर्श सुरु गरेका छन्। अम्बानीको रिलायन्स रिटेल र रिलायन्स जियोले उक्त जियोमार्टको सफ्ट लन्च गरेको हो।

जियोमार्टले झण्डै ५० हजार किराना सामग्रीको निःशुल्क र ‘एक्स्प्रेस’ वितरण गर्ने जनाएको छ। यसबाट उनको इकमर्श ब्यापार फस्टाउने अनुमान गरिएको छ। मुकेश अम्बानीको कम्पनी रिलायन्स इन्डष्ट्रिजले जियोमार्ट नामबाट नयाँ सेवा सुरु गरेको छ जसले घरमा चहिने अत्यावश्यक सामानको डेलिभरी गर्नेछ ।

कम्पनीको लक्ष्य आफ्नो मोबाइल फोन ग्राहकलाई यो सेवासँग जोड्नु हो जसको संख्या निकै ठूलो छ । रिलायन्स जियो भारतको दोस्रो सबैभन्दा ठूलो टेलिकम कम्पनी हो जसको ग्राहकको संख्या ३६ करोडभन्दा पनि बढी छ ।

कम्पनीले आफ्ना ग्राहकलाई यो सेवाका लागि साइन–अप गर्न आमन्त्रित गरिरहेको छ ।
जियोमार्टले आफूसँग लगभग ५० हजार सामान भएको र ती सामान आफ्ना ग्राहकलाई ‘निःशुल्क र द्रुत गतीमा’ डेलिभरी गर्ने बताएको छ ।

भारतमा अनलाइन किराना पसल भर्खर सुरुवाती अवस्थामा छ। झण्डै ०.१५ प्रतिशत भारतीय जनताले मात्र यो सेवा उपभोग गर्दै छ। हाल भारतीय अनलाइन किराना पसलहरूले वर्षेनि ८७ करोड अमेरिकी डलर कारोबार गर्दै छ। तर सन् २०२३ सम्म यो कारोबार वार्षिक १४.५ अर्बसम्म पुग्नसक्ने अनुमान गरिएको छ। रिलायन्सले आफैंले सामान डेलिभरी गर्नुको साटो ग्राहकलाई एक एपमार्फत् लोकल स्टोर्ससँग जोड्नेछ र ती स्टोरले सामान ग्राहकसम्म पुर्याइदिन्छन् ।

Advertisement

Advertisement

Advertisement