विश्वभरबाट नेपाली संचार माध्यममा प्रत्यक्ष विज्ञापन गर्न पाईने

Advertisement

काठमाडौं । वेलकम एड्भरटाईजिङ् प्रालि र एडस्टार्टर प्रालिले हालसालै रणनितिक साझेदारी कायम गर्ने उद्देश्यसहित एक सम्झौंतापत्रमा हस्ताक्षर गरेका छन् । नेपाली संचार माध्यमहरुमा विज्ञापन बुकिङ/संकलक र प्रसारण/ प्रकाशन गर्ने विषय सम्बन्धि उक्त सम्झौंता पत्रमा वेलकम एड्भरटाईजिङ्का अध्यक्ष निर्मलराज पौडेल र एडस्टार्टर प्रालिका नेपालस्थित कार्यालय प्रबन्ध निर्देशक निरन्जन खनालले हस्ताक्षर गरेका हुन् ।

सम्झौता अनुसार एडस्टार्टरले आफ्नो वेबसाईट मार्फत नेपाल र विदेशमा बस्ने दुबै किसिमका विज्ञापन दाताबाट दिइएको विज्ञापन बुकिङ/संकलन गर्नेछ यसैगरि वेलकमले यस्ता संकलित विज्ञापनहरुलाई नेपालको छापा, टेलिभिजन र रेडियो/एफएम हरुमा प्रकाशन /प्रसारण गर्नेछ ।

‘नेपाली बजारमा आफ्नो विज्ञापन गर्न चाहने ब्यक्ति, कम्पनी र विज्ञापन एजेन्सीहरुले लामो समयदेखि बिभिन्न भौगोलिक, ऐतिहासिक र अन्य कठिनाईहरु सामना गर्नुपरेको छ । यस्ता समस्याहरुलाई निराकरण गरी विज्ञापनदातालाई आफ्नो विज्ञापन लगानीको उत्कृष्ट प्रतिफल दिलाउने हेतुले हामीले एडस्टार्टर सँग रणनितिक साझेदारी गरेका हौं,’ वेलकम का अध्यक्ष पौडेल बताउँछन् । ‘अब विश्वभर छरिएर रहेका विज्ञापनदाताहरुले प्रत्यक्ष रुपमा नेपाली संचार माध्यममा आफ्नो विज्ञापन प्रकासन/प्रशारण गर्न सक्नेछन् ।

त्यसैले यस साझेदारीले विगत केहि समयदेखि निरन्तर खस्किरहेको नेपाली विज्ञापन बजारलाई विस्तार गर्न महत्वपुर्ण भुमिका खेल्न सक्छ,’ पौडेल थप्छन् । यसैगरी एडस्टार्टरका खनाल हालै गरिएको सम्झौताले नेपाल र विदेशमा बस्ने विज्ञापनदाता र नेपाली संचार माध्यमबीच प्रत्यक्ष अन्तरकृया गराई दुबै पक्षलाई ब्यवसायिक लाभ प्राप्त गर्न सहयोग पुग्ने बताउँछन् ।

Advertisement

Advertisement

Advertisement