अस्पतालको सफ्टवेयर कति सुरक्षित ?

Advertisement

काठमाडौँ । गत असोज अन्तिम साता सञ्चार मध्यमहरुमा एउटा आयो । शीर्षक थिए– ‘गंगालाल अस्पतालको सफ्टवेयर ह्याकिङ.......।’ धेरैले अचम्म मान्दै प्रश्न गरे-अस्पतालको सफ्टवेयर ह्याक गरेर के हुन्छ ? ह्याकरहरुले १५ लाख रुपयाँ माग गरेको सुनियो ।

तर, जानकारहरुका अनुसार अस्पताल सफ्टवेयर ह्याक हुँदा त्यस्ता सुचना र जानकारी अनधिकृत व्यक्तिको हातमा पुग्छ, जो धेरै मूल्यवान हुनसक्छ । त्यसैले त्यो ह्याकिङ निक्कै संवेदनशील मानियो ।

त्यो घटनाले एउटा प्रश्न उब्जाएको छ–के नेपालका अस्पतालमा भएका मेडिकल डाटाहरु सुरक्षित छन् ? अस्पताल सफ्टवेयर निर्माता कम्पनी हेल्फ इन्फर्माटिक्सका अध्यक्ष सीताराम भट्टराई त्यसमा शंका व्यक्त गर्छन् । उनी भन्छन्, ‘शायद सबै सुरक्षित छैनन् । हालै गंगालालमा ह्याक भएको सफ्टवेयर एक भारतीय कम्पनीले बनेको हो । उनीहरुले धेरै सुरक्षित छ भनेको कुरामा भर पर्दा आखिर त्यस्तो हुनपुग्यो ।’

भट्टराईको कम्पनीले निर्माण गरेको ’हेल्दी लाइफ’ नामक अस्पताल सफ्टवेयर नेपालका ठुला मध्येमा गनिने पाटन अस्पताल, थापाथलीस्थित प्रसुति गृह, नेपाल प्रहरी अस्पतालमा सञ्चालनमा छ । ती अस्पतालमा बनेका डाटा धेरै संवेदनशील समेत हुन्छन् । त्यसैले सफ्टवेयरको सेक्युरिटी अडिट अनिवार्य हुन्छ भन्छन्– भट्टराई ।

नेपाल प्रहरी अस्पतालले आफ्नो सफ्टवेयर प्रयोग गर्नुपूर्व प्रहरीको हेडक्वाटर स्थित टिमले सुष्म रुपमा सुरक्षा प्रणाली जाँच गरेको उनले कुराकानीका क्रममा स्मरण गरे । ‘त्यो बेला हाम्रो प्राविधिक टिमले प्रहरीको मुख्यालयमा गएर त्यहाँको आइटी युनिटलाई पटक पटक आफुले सफ्टवेयर निर्माण गर्दा अपनाएको सुरक्षा विधिबारे जानकारी र छलफल गरेको थियो ।, उनले थपे,’ एक ढंगले भन्दा हेल्दी लाइफ अस्पताल सफ्टवेयरको स्वतन्त्र सेक्युरिटी अडिट त्यहाँ भयो ।’

अहिले वेब एप्लिकेशनहरु विकास गरेर अस्पताल सफ्टवेयरको रुपमा प्रयोग गर्ने प्रयास कतिपय कम्पनीहरुले गरिरहेको भएपनि त्यो व्यवहारिक हुनेमा उनले शंका व्यक्त गरेका छन् ।

हेल्फ इन्फर्माटिक्सले बिकास गरेको ‘हेल्दी लाइफ’ अस्पताल सफ्टवेर पाटन, प्रसुति गृह, नेपाल प्रहरी अस्पताल बाहेक लगभग एक एक दर्जन सरकारी र दुई दर्जन भन्दा बढी निजी अस्पतालमा रहेको भट्टराईले बताए । आफ्नो सफ्टवेर पूर्णतया मेडिकल रेकर्ड राख्न सक्ने भएको र यो प्रकारको पूर्ण सफ्टवेर हाल नेपालमा अर्को नरहेको समेत उनले दाबि गरे ।

अहिले बजारमा एकाउन्टि र म्यानेजमेन्ट सफ्वेयरलाई पनि हस्पिटल सफ्टवेयर भन्दै बिक्रि गर्ने प्रचलन रहेकोमा आफुले वास्तविक इलेक्ट्रोनिक मेडिकल रेकर्ड (इएमआर) सहितको अस्पताल सफ्टवेयर कस्तो हुन्छ भन्ने उदाहरण प्रस्तुत गरेको उनी बताउँछन् ।

Advertisement

Advertisement

Advertisement