विराजको  एक्सन चलचित्र ‘साङलो’को ट्रेलर सार्वजनिक

Advertisement

काठमाडौं । नेपाली कथानक चलचित्र ‘साङलो’को ट्रेलर रिलिज भएको छ ।शुक्रबार राजधानीमा एक कार्यक्रम गर्दै फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो ।

सार्वजनिक ट्रेलरमा विराजको एक्सन देख्न सकिन्छ । फिल्ममा अभिनेता विराज भट्टको निर्माण, निर्देशन तथा अभिनय रहेको छ । फिल्ममा विराजसँगै पूर्व मिस नेपाल निकिता चण्डक, प्रकाश शाह, कामेश्वर चौरसिया, अमित गिरी, रमेश सोडारी, जयनन्द लामा, आरपी पन्त, भरत शाह, दुर्गा सुवेदीको अभिनय रहेको छ ।

विराज भटट् फिल्म प्रोडक्सन प्रालिको ब्यानरमा निर्माण भएको फिल्ममा तेज बहादु खड्काको पनि लगानी छ । श्री श्रेष्ठको द्धन्द्ध निर्देशन रहेको यस फिल्ममा शिवम् अधिकारीको पटकथा र संवाद रहेको छ । अर्जुन जिसीले सम्पादन गरेको यो फिल्मलाई मानकृष्ण महर्जनले खिचेका हुन् । लामो समय भोजपुरी चलचित्रमा काम गरेका विराजको ‘साङलो’ कम ब्याक चलचित्र हो । चलचित्र माघ २४ गते रिलिज हुँदैछ ।

https://www.youtube.com/watch?time_continue=1&v=Que5Kwxh_W0&feature=emb_title

Advertisement

Advertisement

Advertisement