मिडियाले नकारात्मक कुरा मात्रै लेख्दा युवाजति विदेश हिँडेः नेता बडाल

Advertisement

काठमाडौं । सत्तारुढ दल नेकपाका नेता तथा राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिडिया एवं पत्रकारहरु नकारात्मक हुँदा त्यसको असर युवाहरुमा परेको गुनासो गरेका छन् ।

सहकारी पत्रकार समाजको बार्षिक साधारणसभामा शनिबार उनले ‘सबै कुरा खत्तम भयो’ भन्ने झैं गरेर समाचारहरु आउँदा युवाहरुमा निराशा छाएको बताउँदै सोही कारण लाखौं युवा बाहिरिएको तर्क गरे । उनले भने, ‘देश कमजोर पार्ने हो भने युवाहरुलाई फ्रष्टेशन ल्याइदिए हुन्छ, कुनै तोप पडकाएर आक्रमण गरिरहनु पर्दैन् ।’

पत्रकारिता क्षेत्रमा धेरै नकारात्मकता बढेको भन्दै बडालले निराशा नफैलिने गरी कमिकमजोरी औंल्याउनुपर्ने बताए । युवाहरुमा मात्रै नभएर हरेक पेशा र क्षेत्रमा नकारात्मकता बढेको उनको भनाई थियो । बडालले खाडी गएका युवाहरु फर्किए पनि युरोप, अमेरिका, अष्ट्रेलिया गरेकाहरु खासै फर्किएर आउँदैनन् भन्दै यसको मुख्य कारण दोषी मिडिया नै भएको संकेत गरे ।

साथै, बडालले एउटा सहकारीको कमजोरीमा राम्रो काम गरेका सारा सहकारी संस्थाहरुलाई मुछेर समाचार लेख्ने गरिएको भन्दै यो उचित नभएको तर्क गरे । उनले सहकारीको विकासका लागि हालको सहकारी ऐनका साथै अन्य ४७ वटा ऐनहरु संशोधनका लागि महासंघले सहकारी मन्त्रालयलाई सुझाव पठाइसकेको बताउँदै चालु संसद अधिवेशनमै यी कुराहरु संशोधन हुने आशा व्यक्ति गरे ।

Advertisement

Advertisement

Advertisement