इरानका ५२ ठाउँमा आक्रमण गर्ने ट्रम्पको घोषणा, तेश्रो विश्व युद्धको सम्भावना

Advertisement

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका ५२ ठाउँमा आक्रमण गर्ने घोषणा गरेका छन् । इरानको कुर्दस फोर्सका सैन्य कमाण्डर कासिम सुलोमानीको हत्या गरेपछि अमेरिका र इरानबीच युद्धको खतरा बढिरहेको छ । ठिक यति बेला ट्रम्पले इरानका ५२ ठाउँमा आक्रमण गर्न घोषणा गरेपछि युद्धको सम्भावना अझै बढेको हो ।

इरानले देशमा ३ दिन राष्ट्रिय शोक मनाईरहेको छ । इरानका सर्वाेच्च नेता आयोतुल्लाह खामेनीले सुलोमानीको हत्यको बदला लिने घोषणा गरिसकेका छन् । इरानलाई रुसको साथ रहँदै आएको छ भने चीनले पनि इरान प्रति सहानुभूति राख्दै आएको छ ।

अमेरिका र इरान दुबै आणविक शक्ति सम्पन्न राष्ट्र हुन् । यी दुई बीचको युद्धले तेश्रो विश्व युद्ध निम्तिने खतरा बढेको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले बताएका छन् ।

Advertisement

Advertisement

Advertisement