एनबीएका अध्यक्ष भुवन दाहालले गरे पदभार ग्रहण, पोखरामा ढुंगानाद्वारा पद हस्तान्तरण

Advertisement

काठमाडौँ । नेपाल बैंकर्स एशोशियशन (एनबीए)को नयाँ कार्यसमितिले पदभार ग्रहण गरेको छ । मंसिर १९ गते चयन भएको नयाँ कार्यसमितिले शनिबार पोखरामा आयोजित एक कार्यक्रमका बीच पदभार ग्रहण गरेको हो । एनबीएका अध्यक्ष ज्ञानेन्द्र ढुंगानाले अध्यक्ष पदमा सर्वसम्मत चयन भएका भुवन दाहाललाई पद हस्तान्तरण गरेका हुन् । दाहाल सानिमा बैंकको प्रमुख कार्यकारी अधिकृत(सीईओ) हुन् ।

मंसिर १९ गते सम्पन्न एनबीएको उपध्याक्षमा नेपाल एसबीआई बैंकका सीईओ अनुकुल भटनागर र सदस्यहरुमा सिभिल बैंकका सीईओ गोविन्द गुरुङ्ग, नेपाल क्रेडिट एण्ड कमर्श बैंक(एनसीसी बैंक)का सीईओ रमेशराज अर्याल, माछापुच्छ्रे बैंकका सीईओ सुमन शर्मा, एनएमबि बैंकका सीईओ सुनिल केसी, नेपाल बैंकका सीईओ कृष्णबहादुर अधिकारी, मेगा बैंककी सीईओ अनुपमा खुञ्जेली र सनराइज बैंकका सीईओ जनक शर्मा पौड्याल चयन भएका थिए ।

‘एनबीए’ वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत(सीईओ)हरुको संगठन हो ।

Advertisement

Advertisement

Advertisement