माधव नेपालले भनेः भीम रावल र अष्ट लक्ष्मी शाक्यलाई सचिवालयमा ल्याउनुपर्छ

Advertisement

काठमाडौं । नेकपा बरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले भिव रावल र अष्टलक्ष्मी शाक्यलाई पार्टी सचिवालयमा ल्याउनुपर्ने धारणा पुनः दोहोर्याएका छन् ।
सुदुरपश्चिम प्रदेशको धनगढीमा पुष्पलाल मिलन केन्द्रले आयोजना गरेको कार्यक्रममा बरिष्ठ नेता नेपालले सुदुरपश्चिम प्रदेश र महिलाको प्रतिनिधित्वका लागि रावल र शाक्यलाई सचिवालय सदस्य बनाउनुपर्ने धारणा राखेका हुन्

रावल र शाक्य दुबै तत्कालिन एमालेका उपाध्यक्ष हुन् । तत्कालिन एमालेका उपाध्यक्ष बामदेव गौतम, महासचिव इश्वर पोखरेल र उप महासचिव बिष्णु पौडेल नेकपाको सचिवालयमा पर्दा रावल र शाक्य भने छुटाईएका थिए ।
बरिष्ठ नेता नेपालले केहि समय अघि पार्टी सचिवालयकै बैठकमा रावल र शाक्यलाई सचिवालयमा ल्याउनुपर्ने प्रस्ताव राखेका थिए ।

Advertisement

Advertisement

Advertisement