पाँच हजार अमेरिकी सेनालाई देश छाड्न इराकी संसदको आदेश

Advertisement

काठमाडौं । इराकी संसदले अमेरिका सहित सबै विदेशी सेनालाई देश निकाला गर्ने निर्णय गरेको छ । इरानी सैन्य कमाण्डर कासिम सुलेमानीको अमेरिकी हवाई हमलामा शुक्रबार इराकको राजधानीस्थित बग्दाद विमानस्थलमा मृत्यु भएको थियो । आफ्नो विमानस्थलमा आक्रमण गरि इरानी सैन्य कमाण्डरलाई मारेपछि इराकी प्रधानमन्त्रीले आपक्ति जनाएका थिए ।

आइतबार इराकी संसदले अमेरिकी सेनासहितका सबै विदेशी सेनालाई देश छोड्न भनेको हो । हाल इराकमा अमेरिकाका ५ हजार सेना तैनाथ छन् । इरानले आफ्ना सैन्य कमाण्डरको हत्याको बदला लिने घोषणा गरिसकेको छ । इरान परमाणु अस्त्र सम्पन्न मुलुक हो ।

इरानले यस अघि गरिएको परमाणु सम्झौता समेत नमान्ने घोषणा गरिसकेको छ । इरानी कमाण्डर मारिएको घट्नामा रुस र चीनले इरान प्रति सहानुभूति व्यक्त गरेका छन् ।
ऋाणविक शक्ति सम्पन्न दुई देशबीचको सम्बन्धले तेश्रो विश्व युद्धको आशंका बढाएको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् ।

Advertisement

Advertisement

Advertisement