सुनको भाउ अहिलेसम्मकै उच्च, पुस महिना लागेपछि मात्रै चार हजार पाँच सयले वृद्धि

Advertisement

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । गत शुक्रबार रु ७४ हजार ५०० मा कारोबार भएको छापावाला सुन साताको दोश्रो दिन आज सोमबार अघिल्लो दिनको तुलनामा ५ सय रुपियाँले बढेर ७६ हजार कायम भएको छ । यस्तै तेजावी सुनको मूल्यपनि सोमबार ५ सय बढेर ७५ हजार ७०० मा कारोबार भएको छ । यस्तै चाँदी तोलामा २० रुपैयाँ बढेर ९२० रुपैयाँमा कारोबार भएको छ ।

यता, साताको पहिलो दिन आइतबार बजार खुल्ने बित्तिकै एक हजारले वृद्धिभई तोलामा रु ७५ हजार ५०० कायम भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार तेजाबी सुन भने तोलामा रु ७५ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । गत शुक्रबार तेजाबी सुनको मूल्य रु ७४ हजार २०० थियो ।

यही पुस १ गते छापावाला सुन प्रतितोला रु ७१ हजार ५०० मा कारोबार भएको थियो भने तेजाबी सुन प्रतितोला रु ७१ हजार २०० मा कारोबार भएको थियो । आजसम्म आइपुग्दा छापावाल र तेजाबी सुन २१ दिनको अन्तरालमा प्रतितोला रु चार हजार पाँच रुपियाँले वृद्धि भएको छ । पुस १ गते प्रतितोला रु ८५० मा कारोबार भएको चाँदी आज २१ दिनमा आइपुग्दा रु ७० ले वृद्धि भएको छ ।

महासङ्का अनुसार गत मङ्सिरमा सामान्य अङ्कले ओरालो लागेको सुनचाँदीको बजारमा पछिल्ला दिनमा भने उल्लेख्य मूल्य वृद्धि भएको छ । अमेरिका र इरानबीचको विवादले अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा वृद्धि हुँदा त्यसको प्रभाव नेपाली बजारसमेतमा परेको जनाइएको छ ।

Advertisement

Advertisement

Advertisement