१८.२६ अंकले बढ्यो नेप्से, सबैभन्दा बढी एनआईसी एशिया बैंकको ८ करोड ४६ लाख रुपियाँ बराबरको शेयर किनबेच

Advertisement

काठमाडौँ । साताको पहिलो दिन देखि बढेको शेयर बजार आज दोश्रो दिन पनि बढेको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से)का अनुसार आज १८.२६ अंकले नेप्से परिसूचक बढेको हो ।

१.५४ प्रतिशतले बढ्दा परिसूचक १२००.६९ बिन्दुमा पुगेको छ । आज १७८ कम्पनीका २६ लाख ८३ हजार ६ सय १० कित्ता शेयर किनबेच हुँदा ८४ करोड २५ लाख ८२ हजार १५० रुपियाँ बराबरको कारोबार भएको छ ।

शेयर बजारमा उछाल आएको दिन आज ट्रेडिङ बाहेक सबै समूहमा हरियाली छाएको छ । ट्रेडिङ समूह १२.२६ अंकले घटेको हो । त्यसैगरी बैंकिङ समूह २५.८६, होटल समूह २.९८, विकास बैंक समूह १३.१७, जलविद्युत समूह ०.१४, वित्त समूह १.४९, निर्जीवन बीमा समूह ०.७९, उत्पादनमूलक समूह ४.४५, अन्य समूह ३.५६, लघुवित्त समूह ३३.९८, जीवन बीमा समूह १२.१३ र म्युचुअल फण्ड ०.१५ प्रतिशतले बढेका छन् ।

बजार बढेको दिन आज वोमी लघुवित्त वित्तीय संस्थाका शेयरधनीहरुले सबैभन्दा धेरै ९.९३ प्रतिशतले नाफा कमाएका छन् भने नेको इन्स्योरेन्स कम्पनीका शेयरधनीहरुले सबैभन्दा धेरै ४.९४ प्रतिशत घाटा व्यहोरेका छन् । बोमीले आजै मात्र २६ प्रतिशत लाभांश घोषणा गरेको थियो भने नेकोले ८.४२ प्रतिशत लाभांस घोषणा गरेको थियो ।

आज सबैभन्दा धेरै एनआईसी एशिया बैंकको ८ करोड ४६ लाख ५ हजार २ सय १५ रुपियाँ बराबरको शेयर किनबेच भएको नेप्सेले जनाएको छ ।

साताको पहिलो दिन आइतबार नेप्से परिसूचक १६ दशमलव ०९ अंकले बढेको थियो ।

Advertisement

Advertisement

Advertisement