अजोड इन्स्योरेन्सले गर्यो आधारभुत निर्जीवन बीमा अभिकर्ताको तालिम

Advertisement

काठमाडौँ । प्रदेश नं. २ र ३ लाई समेट्ने गरी अजोड इन्स्योरेन्स लिमिटेड हेटौंडा शाखाको आयोजनामा पुस १७ गतेदेखि १९ गतेसम्म आधारभूत निर्जीवन बीमा अभिकर्ता तालिम सम्पन्न भएको छ ।

तालिमको अवसरमा अजोड इन्स्योरेन्स लिमिटेडका सहायक महाप्रबन्धक अनिलकुमार अर्यालले बीमाको परिचय, बीमा व्यवसायको बर्तमान अवस्था र चुनौति देखि यस क्षेत्रको विकास र विस्तारमा बिमा अभिकर्ताले निर्भाह गर्नुपर्ने भूमिका र बीमाका विभिन्न पोर्टफोलियोका बारेमा प्रशिक्षण प्रदान गरेका थिए ।

त्यस्तैगरी अजोड इन्स्योरेन्स लिमिटेडका नायब प्रबन्धक यादवप्रसाद पाठकले आधारभुत निर्जीवन बीमाको साथै कृषि बीमाको वारेमा प्रकाश पारेका थिए ।

उक्त तालिममा २३ जना अभिकर्ताहरुको सहभागीता रहेको थियो भने कार्यक्रमको सञ्चालन अजोड इन्स्योरेन्स लि. का प्रदेश नं. ३ का प्रमुख बद्रीनाथ शर्माले गरेका थिए । साथै सहजीकरणको कार्य हेटौंडा शाखाका कर्मचारी तथा केन्द्रीय कार्यालय मानव संसाधन तथा प्रशासन विभागकी उषा बस्नेतले गरेकी थिइन् ।

Advertisement

Advertisement

Advertisement