सन नेपालद्वारा फत्तेपुरमा बीमा जागरण तथा बीमा दाबी रकम भुक्तानी

Advertisement

काठमाडौँ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आइतबार बाँकेको फत्तेपुरमा एक कार्यक्रमका बीच बीमा जागरण अभियान तथा मृत्यु दाबी भुक्तानी कार्यक्रम सम्पन्न गरेको छ ।

बीमित एलिश थारुको प्रस्तावक आशाराम थारुको २०७६ असोज २१ मा मृत्यु भएको हुँदा मासिक आय सुविधा र क्रिया खर्च रकम बापत कम्पनीका महाप्रबन्धक कमलराज गौतमले मृतककी श्रीमती सीता थारुलाई रु. ३१ हजारको चेक हस्तान्तरण गरेका हुन् ।

साथै कम्पनीद्वारा नेपालगञ्जमा बीमा जागरण तथा अभिकर्ता अन्र्तक्रिया तथा सम्मान कार्यक्रम सम्पन्न गरिएको छ । उक्त कार्यक्रम कम्पनीका महाप्रबन्धक कमलराज गौतमको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

कार्यक्रममा उत्कृष्ठ अभिकर्ताहरुलाई सम्मान गर्नुको साथै महाप्रबन्धक गौतमले जीवन बीमाको महत्व वारे प्रकाश पारेका थिए ।

Advertisement

Advertisement

Advertisement