धितोपत्र बोर्डको अध्यक्षमा भीष्म ढुंगाना नियुक्त

Advertisement

काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्षमा भीष्म ढुंगाना नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद बैठकले ढुंगानालाई बोर्डको अध्यक्ष नियुक्त गर्ने निर्णय गरेको हो ।

नेपाल राष्ट्र बैंकका पुर्व कार्यकारी निर्देशक ढुंगानालाई केहि समय अघि बोर्डमा विज्ञका रुपमा सञ्चालक नियुक्त गरिएको थियो । राष्ट्र बैंकको गभर्नर बन्ने इच्छा देखाएका ढुंगानालाई राष्ट्रपति विद्या भण्डारीको जोडबलमा बोर्डको अध्यक्ष नियुक्त गरिएको हो ।

बोर्ड अध्यक्ष नियुक्तीका लागि गठित समितिले ढुंगानासँगै बोर्डकै कार्यकारी निर्देशक निरज गिरी र डा. केशब प्रसाद श्रेष्ठको नाम अर्थ मन्त्रालय मार्फत मन्त्रीपरिषद पठाएको थियो ।

अर्थमन्त्रालयले राष्ट्रिय योजना आयोगका सदस्य राम कुमार फुँयालकोे संयोजकत्वमा राजश्व सचिव शिशिर ढुंगाना र आइक्यान अध्यक्ष कृष्ण आचार्य रहेको छनौट समिति गठन गरेको थियो । समितिले खुल्ला प्रतिष्पर्धाबाट आव्हान गर्दा ८ जनाको आवेदन परेको थियो ।

ढुंगानाले त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा एमए तथा बेलायतबाट विजनेश फाइनान्समा एमबीएसम्मको अध्ष्ययन गरेका छन् । पूर्वी नेपालको मोरङ जिल्लामा २०१९ माघ १० गते जन्मिएका ढुंगानाले २०४२ सालदेखि २०४६ सालसम्म राष्ट्रिय वाणिज्य बैंकमा काम गरेका थिए भने २०४६ सालमा नेपाल राष्ट्र बैंक प्रवेश गरेका थिए ।

Advertisement

Advertisement

Advertisement