नाडा कार्यसमितिलाई ट्राफिक प्रहरी महाशाखाले गर्यो स्वागत, १ थान मोटरसाइकल हस्तान्तरण

Advertisement

काठमाडौँ । नाडा अटोमोबाइल एशोसियशनको नवनिर्वाचित कार्यसमितिलाई महानगरीय ट्राफिक प्रहरी महाशाखाले स्वागत गरेको छ ।

महाशाखाका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक(एसएसपी) भीमप्रसाद ढकालले नाडाका अध्यक्ष कृष्णप्रसाद दुलाल लगायतका पदाधिकारीहरुलाई मंगलबार एक समारोहकाबीच स्वागत गरेका हुन् ।

साथै सोही समारोहमा नाडाको तर्फबाट अध्यक्ष दुलालले एसएसपी ढकाललाई १ थान मोटरसाइकलको चाबी हस्तान्तरण गरेका छन् ।
उपत्यकाको ट्राफिक व्यवस्थापनमा सहयोग पुग्ने उद्देश्यले उक्त मोटरसाइकल प्रदान गरिएको अध्यक्ष दुलालले बताए ।

यता, एसएसपी ढकालले उपत्यकाको ट्राफिक व्यवस्थापनमा अटो मोबाइल क्षेत्रको सहयोग र समन्वय आवश्यक रहेको बताए ।



Advertisement

Advertisement

Advertisement