एप्पल कम्पनीका सिइओ कुकको कमाईमा ८ प्रतिशतको गिरावट

Advertisement

काठमाडौं । एप्पल कम्पनीका सिइओ टिम कुकको गत वर्षको कमाई तुलना गर्दा यस वर्ष गिरावट आएको छ । सन् सन् २०१८ मा उनले १३ करोड ६० लाख डलर कमाएएका थिए भने सन् २०१९ मा साढे १२ करोड मात्र कमाएका छन् । यो टिम कुकको कमाई समग्रर्मा सन् २०१८ को तुलनामा सन् २०१९ मा ८ प्रतिशतले घटेको हो ।

सिएनबिसीको रिपोर्ट अनुसार सन् २०१९ मा कम्पनीले सन् २०१८ मा जस्तो आफ्नो बित्तिय लक्ष्य पूरा गर्न सकेन । एप्पलको समग्र वार्षिक आम्दानीको अंकले कम्पनीका सिइओको वार्षिक तलबमा पनि प्रभाव पारेको छ । रिपोर्ट अनुसार सन् २०१८ को तुलनामा सन् २०१९ मा एप्पल सिइओ टिम कुकको आम्दानी घटेको छ ।

सन् २०१९ मा कुकले एप्पल कम्पनीबाट १२ करोड ५० लाख अमेरिकी डलर आम्दानी गरेका छन् । त्यसमध्ये उनको वार्षिक तलब ३० लाख डलर हो । त्यो तलब अघिल्लो वर्षकै जत्ति भएपनि उनको बोनस चाहीँ घटेर ७६ लाख ७० हजार डलरमा झरेको छ । जुन सन् २०१८ मा १ करोड २० लाख डलर थियो ।

अन्य प्रविधि कम्पनीका सिइओहरुले जस्तै कुकले पनि एप्पलको शेयरबाट मनग्गे आम्दानी गरेका छन् । सन् २०१९ मा टिम कुकले कम्पनीको शेयरबाट ११ करोड ३५ लाख डलर आम्दानी गरेका छन् ।

सन् २०१९ मा एप्पलले आफ्ना उत्पादनको बिक्रिबाट कुल २ खर्ब ५६ अर्ब डलर भन्दा धेरै आम्दानी गरेको छ भने कुल सञ्चालन आय ६० अर्ब डलर रहेको छ । यो तथ्याङ्क कम्पनीको बित्तिय लक्ष्यभन्दा कम भएकाले टिम कुक र एप्पलका अन्य कर्मचारीहरुको वार्षिक बोनसमा गिरावट आएको हो ।

Advertisement

Advertisement

Advertisement