सानिमा बैंकका ग्राहकले नेपाल मेडिसिटि हस्पिटलको विभिन्न सेवामा सात प्रतिशतसम्म छुट पाउने

Advertisement

काठमाडौं । सानिमा बैंक र नेपाल मेडिसिटि हस्पिटलबीच स्वास्थ्य उपचार सुविधा सम्बन्धी सम्झौता भएको छ । यस सम्झौतापत्रमा सानिमा बैंकका प्रमुख निक्षेप अधिकृत बबी सिंह गड्तौला र नेपाल मेडिसिटि हस्पिटलका महाप्रबन्धक विजय रिमालले हस्ताक्षर गरेका हुन् ।

यसम्झौता अनुसार प्रयोगकर्ताले सानिमा बैंकको कार्ड प्रयोग गरी विभिन्न उपचार खर्चहरुमा सात प्रतिशतसम्म छुट पाउने छन् । साथै, सानिमा बैंकको डेबिट वा क्रेडिट कार्ड प्रयोगकर्ताले नेपाल मेडिसिटि अस्पतालमा उपचारको क्रममा सहज रुपमा भुक्तानी गर्न सक्नेछन् ।

Advertisement

Advertisement

Advertisement