दुई हजार घुस रकम सहित मालपोत कार्यालय साँखुका सुब्बा पक्राउ

Advertisement

काठमाडौँ । मालपोत कार्यालय साँखु, काठमाडौंका नायव सुब्बा रामेश्वर कुइकेलले लेखापढी ब्यवसायी श्रीराम सापकोटासँग दृष्टी बन्दकको लिखत पास गरे वापत दुई हजार घुस लिंदै गर्दाको अबस्थामा पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग टङ्गालबाट खटिएको टोलीले निज नायव सुब्बा कुइकेल र लेखापढी ब्यवसायी श्रीराम सापकोटालाई उक्त रकमसहित मालपोत कार्यालय साँखु परिसरबाट सोमबार नियन्त्रणमा हो ।

पक्राउ परेकाहरुको अनुसन्धान भइरहेको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जनाएका छन् ।

यसैगरी, नापी कार्यालय, वीरगञ्ज, पर्सामा कार्यरत सर्भेक्षक रामनरेश पासवानले जग्गा हालसाबिक गरी पुनः नापीको जग्गाधनी प्रमाणपूर्जा बनाइदिने भनी विभिन्न बहाना गरी सेवाग्राहीसँग पटकपटक घुस माग गरिरहेको उजुरी आयोगमा परेको थियो ।

सोही उजुरीको आयोगको कार्यालय हेटौंडाबाट खटिएको टोलीले सर्भेक्षक पासवानलाई पचहत्तर हजार लिदैं गर्दाको अबस्थामा नापी कार्यालय अन्तरगत २ नं नापी टोलीको कार्यालय वीरगञ्ज, पर्साबाट नियन्त्रणमा लिई अनुसन्धान भइरहेको जनाइएको छ ।

यता, ववई सव–डिभिजन वन कार्यालय बर्दियामा कार्यरत सहायक वन अधिकृत आनन्दप्रसाद साहले काठको लगत तयार गरीदिए वापत सेवाग्राहीसँग घुस लिएका छन् ।

घुस लिएको बारेमा आयोगमा परेको उजुरीको आधारमा बुटवल सम्पर्क कार्यालय नेपालगञ्जबाट खटिई गएको टोलीले साहलाई दश हजार घुस लिदैं गर्दाको अबस्थामा पक्राउ गरेको र हाल अनुसन्धान भइरहेको प्रवक्ता कोइरालाले जनाएका छन् ।

त्यसैगरी, कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका वडा नं १२ मा अवस्थित सिद्धनाथ सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष कुवेर थापाले उक्त सामुदायिक वन अन्तर्गत पर्ने कानिखोला पुल नजिकबाट सेवाग्राहीसँग माटो झिकेको बिषयमा घुस लिएका छन् ।

जेसिभी र टेक्टरलाई नियन्त्रणमा लिई सरकारी नियम बिपरीत आफूखुशी जेसिभी र टेक्टर छोडन भनी सेवाग्राहीबाट घुस लिएको उजुरी आयोगमा परेको थियो । सोही आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कन्चनपुरबाट खटिई गएको टोलीले अध्यक्ष थापा र कोषाध्यक्ष मोहनबहादुर सिंहलाईएक लाख साठी हजार घुस पक्राउ गरिएको छ ।

Advertisement

Advertisement

Advertisement