सेयर बजारको सुधार जारी, आज सबैभन्दा बढी कारोबार गर्नेमा माछापुच्छ्रे बैंक

Advertisement

काठमाडौं । साताको पहिलो दिन देखि बढेको सेयर बजार आज तेस्रो दिन पनि बढेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार आज १६।२३ अंकले नेप्से परिसूचक बढेको हो ।

१.३५ प्रतिशतले बढ्दा परिसूचक एक हजार २१६.९२ बिन्दुमा पुगेको छ । आज १७९ कम्पनीका ३८ लाख ८० हजार ९५० कित्ता सेयर किनबेच हुँदा एक अर्ब १० करोड रुपियाँ बराबरको कारोबार भएको छ ।

सेयर बजारमा उछाल आएको दिन आज बैंकिङ, विकास बैंक, हाइड्रोपावर, निर्जीवन बीमा र माइक्रोफाइनान्स समूहको सूचकमा एक प्रतिशतभन्दा धेरैको सुधारले हरियाली छाएको छ । त्यस्तै, उत्पादनमूलक समूह र होटल समूहको सूचकमा शून्य प्रतिशतभन्दा धेरैको गिरावटले राता भएका छन् ।

त्यसैगरी, आज धेरै कारोबार गर्नेमा माछापुच्छ्रे बैंक रहेको छ । जसको कारोबार १९ करोड ४९ लाख रुपियाँ बराबरको भएको छ । त्यस्तै दोस्रो धेरै कारोबार गर्नेमा एनआईसी एशिया बैंक रहेको छ । जसको कारोबार छ करोड ४८ लाख बराबरको भएको छ ।

बजार बढेको दिन धेरै फायदा खानेमा शिभिल लघुवित्त वित्तीय संस्थाका लगानीकर्ता रहेका छन् । संस्था १० प्रतिशतको फाइदामा गएको छ । त्यस्तै आज धेरै घाटा खानेमा बोट्लर्स नेपालका लगानीकर्ता रहेका छन् । कम्पनी तीन दशमलव ९३ प्रतिशतको घाटामा गएको छ ।

Advertisement

Advertisement

Advertisement