प्रिमियर इन्स्योरेन्सको सीईओमा विश्वराम तिमिला नियुक्त, चार दशक लामो अनुभव

Advertisement

काठमाडौँ । प्रिमियर इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत(सीईओ) पदमा विश्वराम तिमिला नियुक्त भएका छन् ।

कम्पनी सञ्चालक समितिको सोमबार बसेको बैठकले पुस २२ गतेदेखि लागु हुने गरी तिमिलालाई सीईओ पदमा नियुक्त गर्ने निर्णय गरेको कम्पनी सचिव महेन्द्रबहादुर श्रेष्ठले जनाएका छन् ।

यसअघि तिमिलाले नेको इन्स्योरेन्सको सीईओ भएर कार्य गरिसकेका छन् । ओरेन्टल इन्स्योरेन्समा १५ वर्ष र नेको इन्स्योरेन्समा २३ वर्ष गरी झण्डै ४ दशक बीमा क्षेत्रमै बिताएका छन् ।

Advertisement

Advertisement

Advertisement