सनराइज बैंकको थप दुई शाखारहित बैंकिङ सेवा प्रारम्भ

Advertisement

काठमाडौँ । सनराइज बैंक लिमिटेडले लम्जुङको ठुलीेबेसीमा ४४औं र तनहुँको टुहुरेपसलमा ४५औं शाखारहित बैंकिङ्ग सेवा प्रारम्भ गरेको छ ।

सोमबार आयोजित एक कार्यक्रममा ४४ औं शाखारहित बैंकिङ्ग सेवा मस्र्याङ्दी गाँउपालिकाका वडा अध्यक्ष लिलाप्रसाद घलेले शाखारहित बैंकिङ्ग सेवाको प्रतिनिधि कर्णसिंह तामाङ्गलाई पोइन्ट अफ सेल मेसिन हस्तान्तरण गरे ।

त्यसैगरी मंगलबार ४५औं शाखारहित बैंकिङ्ग सेवा भानु नगरपालिकाका प्रमुख तारानरेश पौडेलले उद्घाटन गरेका हुन् । नगरपालिकाका प्रमुख पौडेल र गण्डकी प्रदेशका कार्यालय प्रमुख रबिन्द्र केसीले शाखारहित बैंकिङ्ग सेवाको प्रतिनिधि बिष्णु शिलवाललाई पोइन्ट अफ सेल मेसिन संयुक्त रुपमा हस्तान्तरण गरेका हुन् ।

दुबै शाखारहित बैंकिङ्ग सेवाबाट निक्षेप सकंलन, रकम भुक्तानी, रकम स्थानान्तरण, बिल भुक्तानी जस्ता सेवाहरु लिन सकिने बैंकले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement