प्राइम लाइफले गर्यो बागलुङ निवासी ओम प्रसाद बिकको बीमा दाबी भुक्तानी

Advertisement

काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्सले बीमाबापत ११ लाख रुपियाँ दाबी भुक्तानी गरेको छ । कम्पनीको नियम अनुसार भुक्तान गर्नुपर्ने बिमाङ् १० लाख र दाहसंस्कार खर्च रु. १ लाख गरी जम्मा रकम रु ११ लाखको चेक कम्पनीको बागलुङ शाखा कार्यालयबाट शाखा प्रमुख ज्ञानप्रसाद ढुङगानाले स्व. बिकको श्रीमती भावनालाई हस्तान्तरण गरेका हुन् ।

बागलुङ जिल्ला निवासी ओमप्रसाद बिकले २ वर्ष पहिले प्राइमलाइफ इन्स्योरेन्समा बीमा गरी बैदेशिक रोजगारका लागि कतार गएका थिए । वैदेशिक रोजगारबाट छुट्टीमा घरमा आएका बिकको आफ्नै काममा बागलुङको लाम्मीलाबाट घर फर्कदा जिप दुर्घटना भइ कात्तिक ८ गते मृत्यु भएको थियो ।

Advertisement

Advertisement

Advertisement