रिलायन्स फाइनान्सद्वारा शेयरधनीहरुलाई ६.५८ प्रतिशत लाभांश दिने घोषणा

Advertisement

काठमाडौँ । रिलायन्स फाइनान्सले शेयरधनीहरुलाई नगद लाभांश दिने घोषणा गरेको छ ।

सञ्चालक समितिको बुधबार बसेको बैठकले आव २०७५/७६ को नाफाबाट हाल कायम चुक्ता पूँजीको ६.५८ प्रतिशत लाभांश प्रस्ताव गर्ने निर्णय गरेको हो ।

संस्थाको हाल कायम चुक्ता पूँजी ८३ करोड २४ लाख १६ हजार ६३ रुपियाँ रहेको छ । सञ्चालक समितिको निर्णय अनुसार ५ करोड ४७ लाख ६४ हजार २१४ रुपियाँ लाभांश प्रस्ताव गरिएको हो ।

राष्ट्र बैंकबाट स्वीकृति र संस्थाको आगामी साधारण सभाबाट पारित भएपछि लाभांश वितरण गरिने कम्पनी सचिव युजकुमार भैलले जनाएका छन् ।

Advertisement

Advertisement

Advertisement