माछापुच्छ्रे बैंकको शाखा रहित बैंकिङ सेवा मध्यविन्दु नगरपालिकाको वडा नम्बर ९ मा

Advertisement

काठमाडौँ । माछापुच्छ्रे बैंकले नवलपरासी जिल्लाको मध्यविन्दु नगरपालिका वडा नं. ९ मा शाखा रहित बैंकिंग सेवा विस्तार गरेको छ । माछापुच्छे बैंक लिमिटेडको १४० औँ शाखा रहित बैंकिङ सेवाको रुपमा विस्तार गरेको कावासोतीका शाखा प्रबन्धक शेषराज पोखरेलले बताए ।

शाखा प्रबन्धक पोखरेलको अध्यक्षतामा गरिएको कार्यक्रममा मध्यविन्दु नगरपालिकाका मेयर चन्द्रवहादुर रानाको प्रमुख आतिथ्यता रहेको थियो ।

समुद्घाटन कार्यक्रममा बोल्दै मेयर रानाले बैंक तथा वित्तीय संस्थाले पर्यटन र कृषिको क्षेत्रलाई प्राथमिकतामा राखेर अगाडि बढ्नु पर्ने बताए । साथै बैंक तथा वित्तीय संस्थाले घर घरमा पुगेर वित्तीय साक्षरता प्रदान गर्न पनि आग्रह गरेका थिए ।

Advertisement

Advertisement

Advertisement