नविलले बोनस सेयर नगद लाभांश गरी ३४ प्रतिशत मुनाफा दिने, प्रस्ताव साधारणसभाबाट पास

Advertisement

काठमाडौं । नबिल बैंकको बुधबार सम्पन्न ३५औं वार्षिक साधारणसभाले २२ प्रतिशत नगद लाभांश र १२ प्रतिशत बोनस सेयर दिने प्रस्ताव पारित गरेको छ । निजी क्षेत्रको पूरानो बैंक नविलले विगत तीन दशकभन्दा बढी समयदेखि बैंकिङ सेवा दिँदै आएको छ ।

बैंकले गएको आर्थिक बर्षमा निजी क्षेत्रका बैंकहरुमध्ये उच्च मुनाफा अर्थात चार अर्ब २४ करोड रुपियाँ कमाई गर्न सफल भएको थियो । बैंकले जेथामा प्रतिफल १७ दशमलव ७६ प्रतिशत र प्रति शेयर आम्दानी ५० रुपियाँ ५७ पैसा हासिल गरी आफ्नो वासलात विस्तार गरेर दुई खर्ब एक अर्ब पुर्याएको छ ।

नबिल बैंकको सञ्चालन मुनाफा छ अर्ब तीन करोड रुपियाँ रहेको छ । अघिल्लो वर्षको तुलनामा बैंककोे यस वर्षको संचालन मुनाफा र खुद मुनाफामा क्रमश ६ दशमलव ६१∞ र ६ दशमलव ४५∞ ले वृद्घि भएको छ । बैंकको “नेटवर्थ” २३ अर्ब १९ करोड रुपियाँ रहेको छ भने समीक्षा बर्षको मुनाफाबाट प्रस्तावित बोनस शेयरपछि बैंकको पू“जी यस बर्ष रु. १० अर्ब ९ करोड रुपियाँ नाघेको छ ।

Advertisement

Advertisement

Advertisement