एकैदिनमा ३० रुपियाँले घट्यो प्याजको मूल्य, भारतबाट आउन थालेपछि नेपालीलाई राहत

Advertisement

काठमाडौं । केही समयदेखि निरन्तर उकालो लाग्दै गएको प्याजको मूल्य अहिले ओरालो लाग्न थालेको छ । उपभोक्ताले केही हदसम्म राहत महशुस गर्न थालेका छन् । भारतीय बजारमा प्याजको नयाँ उत्पादन शुरु हुन थालेपछि नेपालमा पनि प्याजको प्याजको मूल्य एकैदिनमा ३० रुपियाँले घटेको हो ।

केही समयअघि २ सय ५० रुपियाँसम्म पुगेको प्याजको मूल्य घट्न थालेको छ। बिहीबार कालिमाटी बजारको मूल्यअनुसार भारतिय प्याज प्रतिकेजी १ सय ३० रुपियाँ र थोक बजारमा १ सय १५ रुपियाँ प्रतिकेजी प्याजको मूल्य रहेको छ।

भारतीय प्याजभन्दा चिनियाँ सस्तो छ। आजको मूल्य सूचीअनुसार औषतमा १ सय १५ रुपियाँ चिनियाँ प्याजको मूल्य कायम भएको छ । यस्तै थोक बजारमा चिनियाँ प्याजको औषत मूल्य ८५ रहेको कालिमाटी तरकारी बजारको तथ्याङकले देखाउँछ। विगत एक महिनामा १३ सय ६० टन प्याज आयात भएकोमा ७ सय ४१ टन चीनबाट ४ सय ३२ टन भारतीय प्याज आएको थियो। भारतबाट आउने प्याज निरन्तर बढेको जनाईएको छ ।

यही हप्ताको आइतबारसम्म २०।२२ टन प्रतिदिन प्याजको आयात हुने गरेकोमा मंगलबार ७० तथा बुधबार ६४ टन प्याज भारतबाट आयात भएको कालिमाटी तरकारी बजारको तथ्याङकमा उल्लेख छ ।

भारतमा एक महिनाअघि मात्रै प्रतिकेजी १ सय ५० रुपियाँ रहेको प्याज अहिले ७० भारुमा झरेको छ। भारतका संचार माध्यामहरुले थोक प्याजको मूल्य केही दिनमै ३० भारुसम्म पुग्नसक्ने बताएका छन्।

Advertisement

Advertisement

Advertisement