एउटै नेतृत्व भइरहँदा सहकारीको विकास भएन्, नेतृत्व फेर्नुस्ः सहकारीमन्त्री

Advertisement

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री पद्मा अर्यालले सहकारीमैत्री कानुन निर्माणका लागि मन्त्रालयले समन्वयात्मक भूमिका निर्वाह गर्ने बताएकी छन् ।

राष्ट्रिय सहकारी महासंघको बार्षिक साधारणसभामा बिहीबार उनले सरकार र सहकारीले साझेदारी गरेर अगाडि बढ्ने बताइन् । अर्यालले भनिन्, ‘विकासको बाधक बनेका कानुन राखेर प्रगति हुँदैन । यस बर्ष हामी सहकारीमैत्री कानुन निर्माणका लागि सक्रिय हुनेछौं ।’

उनले सहकारीले उद्यमशील समाज निर्माणका लागि उद्यमशीलता र व्यवसायीकतातर्फ अग्रसर हुनुपर्ने बताइन् । अर्यालले भनिन्, ‘अब आप्mनो विकासले आफै असुरक्षित हुने अवस्थाको अन्त्यका लागि पनि सहकारीले फरक ढंगले विकासको अवधारणालाई अगाडि ल्याउनुपर्छ ।’

सहकारीमार्फत वैदेशिक रोजगारीमा जानेलाई रोक्न सक्नुपर्ने बताउँदै उनले एक घर एक सदस्य र एक सहकारी एक रोजगारी भन्ने अभियान संचालन गर्नुपर्ने बताइन् । सहकारी रोजगारी सिर्जना गर्ने थलो बन्न सक्ने अर्यालले बताइन् । गरिवी निवारणको माध्यमका रुपमा सहकारीलाई अगाडि सारेको बताउँदै उनले भनिन्, ‘गरिवी निवारणको माध्यमको रुपमा भूमिलाई स्रोत सहकारीलाई माध्यम र गरिवीको अन्त्य लक्ष्य लिएर मन्त्रालय अगाडि बढ्ने उद्देश्य छ ।’

मन्त्री अर्यालले सन् २०३० भित्र नेपालको गरिवी शुन्यमा झार्ने लक्ष्य रहेको सुनाउँदै सहकारीको संख्या घटाउनका लागि मर्जर गर्ने र निष्क्रिय संघसंस्थालाई खारेज गर्ने तयारीमा मन्त्रालय रहेको बताइ्न । अन्तरसहकारी समन्वय बलियो बनाउने, ब्याज घटाउने र सहकारीलाई प्रविधियुक्त बनाउने विषयलाई महत्व दिइएको उनको भनाई छ । अर्यालले अन्तर सहकारी चेक सटहीको कार्यलाई समेत छिटो निस्कर्षमा पुर्याउने बताइन् ।

अर्यालले भनिन्, ‘सहकारीमा लगातार एउटै नेतृत्व रहने विषयलाई पनि निरुत्साहित गर्नुपर्छ । नयाँ नेतृत्वको विकासमा विशेष ध्यान दिनुपर्छ ।’ एउटै नेतृत्व हुँदा सहकारीको राम्रो विकास नभएको फेर्न उनको सुझाव थियो । राष्ट्रिय सहकारी महासंघमा केशव बडालले दुई कार्यकाल नेतृत्व गरिसकेका छन् । तेस्रो कार्यकाल पनि अध्यक्ष हुने इच्छा राख्दै आएका बडालले महासंघको विधानअनुसार पुनः अध्यक्ष हुन नमिल्ने भएसँगै अन्यले उम्मेदारीको तयारी गरेका छन् ।

कार्यक्रममा बडालले गएको आर्थिक बर्षको प्रगति प्रतिवेदन र लेखा समितिका संयोजक धर्मदत्त देवकोटाले लेखा प्रतिवेदन पेश गरेका थिए । साथै, काँग्रेस नेता बालकृष्ण खाँड, नेकपाका नेता पशुपति चौलागाईं, पूर्वमन्त्री गणेश शाह, राष्ट्रिय सहकारी विकास बोर्डका सहअध्यक्ष दक्ष पौडेल, महासंघका वरिष्ठ उपाध्यक्ष मिनराज कँडेल, उपाध्यक्ष ओमदेवी मल्ल, पूर्वअध्यक्ष दीपक बाँस्कोटा, सहकारी मन्त्रालयका सचिव सूर्य गौतम, सहकारी रजिष्ट्रार टोकराज पाण्डेलगायतले बोलेका थिए ।

महासंघको यस बार्षिक साधारणसभाले चार बर्षका लागि २२ सदस्यीय संचालक समिति र तीन सदस्य लेखा समितिको चयन समेत गर्ने छ । निर्वाचन कार्यक्रम शुक्रबारलाई तय गरिएको छ ।

Advertisement

Advertisement

Advertisement