एक्काइस करोड राजश्व छली गर्ने प्रकाशराज गिरी विरुद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर

Advertisement

काठमाडौँ । २१ करोड राजश्व छली गर्ने काठमाडौँ महानगरपालिका वडा नम्बर ७ का प्रकाशराज गिरी विरुद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरिएको छ ।

झुट्ठा तथा नक्कली मूल्य अभिबृद्धि कर बिजक प्रयोग गरी राजश्व छली गर्ने युनिभर्सल ट्रेड एण्ड सप्लायर्स/युनिभर्सल प्रिन्टिङ प्रेस/युनिभर्सल निर्माण सेवाका प्रोप्राइटर गिरीलाई उक्त बिगो कायम गरी बिगोको दोब्बर जरिवाना र ३ वर्षसम्मको कैद माग दाबी सहित विहीबार राजश्व अनुसन्धान विभागले मुद्दा दर्ता गरेको हो ।

ती कम्पनीले वस्तु तथा सेवा खरिद नै नगरी झुट्ठा तथा नक्कली मूल्य अभिबृद्धि कर बिजक मात्र खरिद गरी मूल्य अभिबृद्धि कर र आयकर समेतको राजश्व चुहावटको कसुर गरेको देखिएको आयोगले जनाएको छ ।

राजश्व चुहावट(अनुसन्धान तथा नियन्त्रण) ऐन २०५२ को दफा ३ ले निषेधित एवम् सोही ऐनको दफल ४ को खण्ड क र ख बमोजिम कसुर गरी मूल्य अभिबृद्धि करतर्फ ६ करोड ६१ हजार ८८१ रुपियाँ र आय करतर्फ १५ करोड १७ लाख ८६ हजार १० रुपियाँ राजश्व चुहावट गरेको पाइएको विभागले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement