दिल्ली प्रहरीले काठमाडौंबाट आईएसआईएससम्वद्ध आतंककारीलाई पक्रिएर लगेको खुलासा

Advertisement

काठमाडौं । अन्तर्राष्ट्रिय आतंककारी सञ्जाल आईएसआईएससम्वद्ध तीन जनालाई आफूहरुले नेपालबाट पक्रिएर लगेको दिल्ली प्रहरीले बताएको छ । दिल्ली प्रहरीको विशेष फोर्सले उनीहरुलाई काठमाडौंबाट पक्राउ गरेर भारत लगेको पत्रकार सम्मेलनमार्फत जानकारी दिएको हो । पक्राउ पर्नेहरुमा अब्दुल समद, ख्वाजा मोहिद्धिन र सैयद अली रहेका छन् ।

भारतीय प्रहरीका अनुसार तामिलनाडुबाट फरार भएका आर्इएसआर्इएसका आतंककारी नेपालबाट दिल्ली जाँदैछन् भन्ने गोप्य सूचनाको आधारमा काठमाडौंबाट पक्राउ गरी दिल्ली लगिएको हो । पक्राउ परेकाहरु दिल्लीमा रहेका आफ्ना साथीहरु भेट्न जाने योजनामा रहेको प्रहरीको भनाई छ । उनीहरु तीनै जनालाई आत्मसमर्पण गर्न आग्रह गर्दा प्रहरीमाथि नै गोली चलाएपछि जवाफी कारबाही गरिएको र पक्राउ गर्न सफल भएको जनाइएको छ ।

आईएसआईएसका लडाकुहरुलाई समाप्त दिल्ली प्रहरीको तालिम प्राप्त टोली आएको थियो । पक्राउ परेकाहरु तामिलनाडुमा एक हिन्दु नेताको हत्यामा समेत संलग्न रहेको जनाइएको छ । उनीहरुले २०१४ मा तामिलनाडुका हिन्दु नेता सुरेश कुमारको हत्या गरेका थिए । हत्यापछि पक्राउ परेर जेल चलान भएका तीनै जना धरौटीमा रिहा भई यही गएको डिसेम्बर दोस्रो सातामा भाग्दै नेपाल आएका थिए । पक्राउ परेका भनिएका आईएसआईका व्यक्तिहरुका बारेमा नेपाली प्रहरीले अहिलेसम्म कुनै आधिकारिक भनाई बाहिर ल्याएको छैन् ।

Advertisement

Advertisement

Advertisement