राष्ट्रिय सहकारी महासंघको अध्यक्षमा मिनराज, वरिष्ठ उपाध्यक्षमा ओमदेवी सर्वसम्मत

Advertisement

ललितपुर । राष्ट्रिय सहकारी महासंघको अध्यक्षमा मिनराज कंडेल र वरिष्ठ उपाध्यक्षमा ओमदेवी मल्ल सर्वसम्मत भएका छन् । महासंघको जारी २७औं बार्षिक साधारणसभाका क्रममा कँडेल र मल्ल सर्वसम्मत भएका हुन् । दुवै सत्तारुढ दल नेकपाका निकटका व्यक्ति हुन् ।

कंडेल पूर्वएमालेनिकटका व्यक्ति हुन् भने मल्ल यसअघि काँग्रेसबाट संविधानसभा सदस्यसमेत भए पनि पछि नेकपामा प्रवेश गरेकी हुन् । महासंघको अध्यक्षमा यसअघि नेकपाका नेता केशव बडाल अध्यक्ष थिए ।

महासंघकमा नयाँ सञ्चालक समितिको उपाध्यक्षका लागि तीन जनाको उम्मेदवारी परेको छ । उपाध्यक्षका लागि रमेश पोखरेल, डिल्लीराम तिवारी र दक्ष पौडेलले उम्मेदवारी परेको हो । कुल २२ सदस्यीय सञ्चालक समिति र तीन सदस्यीय लेखा समितिका लागि ८० जनाले उम्मेदवारी दिएका छन् । महासंघको विभिन्न पदका लागि आज शुक्रबार निर्वाचन हुँदैछ ।

Advertisement

Advertisement

Advertisement