मेटलाइफको नयाँ एजेन्सी कार्यालय काठमाडौंको रवि भवनमा

Advertisement

काठमाडौं । मेटलाइफले यो साता प्रदेश ३ अन्तर्गत काठमाडौंको रवि भवनमा नयाँ एजेन्सी कार्यालय स्थापना गरेको छ। कम्पनीका उपाध्यक्ष तथा महाप्रबन्धक निर्मल काजी श्रेष्ठले अन्य स्थानीय कर्मचारीहरुको उपस्थितिमा कार्यालयहरुको उद्घाटन गरेका हुन् ।

यो थप नयाँ कार्यालय पछि मेटलाइफको नेपालमा कुल ३१ र काठमाडौं भित्र मात्रै १० वटा कार्यालयले पुग्ने भएको छ । यसरी भएको विस्तारले काठमाडौंको कलंकी तथा कालीमाटी क्षेत्रमा रहेका कम्पनीका ग्राहकहरुलाई थप सुबिधा तथा सहजता प्रदान गर्न सहयोग मिल्नेछ भन्ने कुरामा कम्पनीले विश्वास लिएको छ ।

यस कार्यालयले ग्राहकहरुलाई बीमा शुल्क तथा आवेदन संकलन, बीमालेख हस्तान्तरण तथा बीमालेख परिवर्तन र पुनस्र्थापना, ग्राहकको जिज्ञासा अनुरोधहरु बुझ्ने तथा अन्य कागजपत्रहरुको पर्याप्तता हेर्ने जस्ता सेवाहरु प्रदान गर्नेछन ।

Advertisement

Advertisement

Advertisement