अष्ट्रेलियामा आगलागीबाट बचेका जनावरलाई पनि छैन खानेकुरा

Advertisement

सिड्नी । अष्ट्रेलियाको आगलागीमा ठूलो संख्यामा जंगली जनावर मारिएकोमा बचेकालाई पनि खाद्यान्नको अभाव रहेको जनाइएको छ । जसमध्ये केहीलाई बचाउन सफल भएता पनि खाद्यान्नको अभाव रहेको समाचारहरू सार्वजनिक भइरहेका छन् ।

सो आगलागीमा अनुमानित ४८० मिलियन जनावर प्रभावित भएको विज्ञहरुले बताउँदै आएका छन् । न्यू साउथ वेल्समा मात्रै ५० करोड जनावर आगलागीबाट प्रभावित भएका छन् । पोटोरु प्यालेस नेचर सेन्चुरीका जोहन मार्सका अनुसार बचेका जनावरको पनि भविश्य अनिश्चित देखिएको छ ।

Advertisement

Advertisement

Advertisement