तनहुँमा यात्रुबस दुर्घटना, दुईको मृत्यु, घाइतेहरुमध्ये तीनको अवस्था गम्भीर

Advertisement

दमौली । रामपुरबाट भिमाद हुँदै पोखरा जाँदै गरेको बस घिरिङ– ३ थानीमाईमा यात्रुबस शुक्रबार बिहान दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । बिहान १० बजेतिर ग १ ख ६१७५ नम्बरको बस दुर्घटना हुँदा घिरिङ १ बैंडीकी २० वर्षीया मुना थापा र घिरिङ ३ की ४२ वर्षीया ननीमाया गुरुङको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार थापाको घटनास्थलमा तथा गुरुङको उपचारका क्रममा पोखराको फिष्टेल अस्पतालमा मुत्यु भएको हो । बसमा यात्रा गरेका २५ मध्ये अधिकांश घाइते छन् । उनीहरुको पोखरा मणिपाल अस्पतालमा उपचार भइरहेको छ । जसमध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ । बस सडकबाट करिब ४० मीटर तल भीरमा खसेको थियो । हिलो बाटोमा चिप्लिँदा दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।

Advertisement

Advertisement

Advertisement