बीएफआईएनले सेयरधनीलाई २० प्रतिशत लाभांश दिने

Advertisement

काठमाडौं । बैंकिङ फाईनान्स एण्ड इन्स्योरेन्स इन्स्टिट्युट अफ नेपाल (बीएफआईएन)को प्रथम वार्षिक साधारणसभा बिहीबार सम्पन्न भएको छ। सभाको अध्यक्षता कम्पनीका अध्यक्ष तथा प्रबन्ध निर्देशक डा. विनोद आत्रेयले गरेका थिए। उक्त सभाले आर्थिक वर्ष २०७५।०७६ सम्मको सञ्चित मुनाफाबाट सेयरधनीहरूलाई  २० प्रतिशत लाभांश दिने  भएको छ । सभाले १० प्रतिशत नगद लाभांस (कर सहित) तथा १० प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको हो।

यस्तै, आर्थिक वर्ष २०७५।०७६ को लेखापरीक्षकको प्रतिवेदनसहितको वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाहको विवरणलगायतका वित्तीय विवरणहरू, लेखापरीक्षकको नियुक्ती एवम् पारिश्रमिक सभाले पारित गरेको छ।

यसैगरी, सभाले कम्पनीको सञ्चालक समितिमा संस्थापक समूहबाट ५ जना सञ्चालक निर्वाचित गरेको छ। कम्पनीको सञ्चालक समितिमा इमर्जिङ नेपाल लिमिटेडको तर्फबाट डा. विनोद आत्रेय, ग्लोबल आईएमई बैंकको तर्फबाट भवानी ढकाल, नेपाल इन्भेष्टमेन्ट बैंकको तर्फबाट दिपककुमार श्रेष्ठ, महालक्ष्मी विकास बैंकबाट दिपेश लम्साल र एनआइसी एसिया बैंकको तर्फबाट नारायणप्रसाद नेपाल निर्वाचित भएका छन्।

कम्पनीको सल्लाहकार समिति गठन गर्ने विशेष प्रस्ताव साधारण सभाले पास गरेको छ। यसैगरी, विशेष प्रस्ताव तर्फको हकप्रद सेयर जारी गर्ने सञ्चालक समितिको प्रस्ताव भने सभाले हाललाई स्थगित गरेको छ।

Advertisement

Advertisement

Advertisement