ट्राफिक प्रहरीलाई १२० थान स्टप बोर्ड हस्तान्तरण

Advertisement

काठमाडौँ । शहरी विकास मन्त्रालय र महानगरीय ट्राफिक प्रहरी महाशाखाको समन्वयमा सेफर नेपाल ट्राभल एण्ड टुर्स प्रालिले १२० थान स्टप बोर्ड हस्तान्तरण गरेको छ ।

काठमाडौँ उपत्यकाको विभिन्न स्थानहरुमा पैदल यात्रुहरुलाई अनिवार्य रुपमा जेब्राक्रसिङ, आकाशेपुल तथा तोकिएको स्थानबाट बाटो काट्न सुनिश्चित गर्ने प्रयोजनका लागि स्टप बोर्ड प्रदान गरिएको हो ।

शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले महाशाखाका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक भीमप्रसाद ढकाललाई एक समारोहका बीच उक्त सामाग्री हस्तान्तरण गरेका हुन् ।

उक्त अवसरमा एसएसपी ढकालले उक्त बोर्डहरु काठमाडौँ उपत्यकाको सम्पूर्ण जेब्राक्रसिङ, आकाशेपुल तथा पैदल यात्रुहरुले बाटो काट्ने स्थानमा देखाएर बाटो काट्न लगाउने र पैदल यात्रुहरुले पनि यसलाई प्रभावकारी र परिणाममूखी बनाउँदै सुरक्षित यात्रामा सहयोग गर्न समेत अनुरोध गरे ।

Advertisement

Advertisement

Advertisement