शनिबार पनि बैंकका कार्यालय खुल्ने

Advertisement

काठमाडौं । भोली शनिबार बैंक तथा वित्तिय संस्थाका कार्यालयहरु खुल्ला रहने भएका छन् । नेपाल राष्ट्र बैंकले सूचना जारी गर्दै क, ख र ग वर्गका बैंक तथा वित्तिय संस्थाहरुलाई कार्यालय खुल्ला गर्न निर्देशन दिएको हो ।

राष्ट्र बैंकले शुक्रबारदेखि पुस मसान्त अवधीमा सबै दिन कार्यालय खोल्न निर्देशन दिएको हो ।
असोज, पुस, चैत र असारको अन्तिम साता राजश्व संकलन प्रयोजनमा उपयोग भैरहेका शाखा तथा काउन्टरहरु खुल्ला राख्न बैंक तथा वित्तिय संस्थालाई निर्देशन दिएको हो ।

Advertisement

Advertisement

Advertisement