रक्षा मन्त्री इश्वर पोखरेलले भने-पुस २७ गते राष्ट्रिय एकता दिवस नै हो

Advertisement

काठमाडौं । रक्षामन्त्री इश्वर पोखरेलले पुस २७ गते अर्थात पृथ्वी जयन्ती राष्ट्रिय एकता दिवस नै भएको बताएका छन् । नेपाल एकिकरण गर्ने तत्कालिन राजा पृथ्वी नारायण शाहको जन्मदिनलाई उनले राष्ट्रिय एकता दिवस भएको बताएका हुन् ।

बुटवलको जितपुरगढीमा नेपाली सेनाले अंग्रेजी फौज माथी विजय प्राप्त गरेको दिन अर्थात पुस २६ गते सेनाले आयोजना गरेको कार्यक्रममा सहभागी हुन बुटवल जाँदै गर्दा उनले पुस २७ गतेलाई राष्ट्रिय एकता दिवस बताएका हुन् ।

रक्षा मन्त्रीले नै यस्तो धारणा राखेपछि अब पृथ्वी जयन्तिलाई सरकारले राष्ट्रिय एकता दिवसका रुपमा मान्यता दिएर सार्वजनिक विदासहित धुमधामले मनाउने संकेत मिलेको छ ।

उनले आफ्नो फेसबुक स्टाटसमा लेखेका छनः
रन फर भिक्ट्री ‘
अँग्रेजसितको लडाईंमा प्राप्त गरेको ऐतिहासिक विजयको संझनामा नेपाली सेनाको मध्य पश्चिम पृतनाद्वारा बुटवलको जितगढीमा पुस २६ गते आयोजना गरिने महत्पुर्ण कार्यक्रममा
सहभागी हुन पाल्पाको तानसेनबाट बुटवल जाँदै। पुस २७ गते मनाइने “ राष्ट्रिय एकता दिवस “ को एकदिन अगाडि आयोजना गर्न लागेको विशेष कार्यक्रम “ रन फर भिक्ट्रि “ राष्ट्रिय गौरव झल्काउने कार्यक्रममा सहभागी हुन पाउँदा खुशी लागेको छ ।

Advertisement

Advertisement

Advertisement