पैंतिस प्रतिशत मुनाफा वितरण गर्ने प्रस्ताव पास गर्दै एनएमबीको साधारणसभा सम्पन्न

Advertisement

ललितपुर । एनएमबि बैंकको बिहीबार सम्पन्न बार्षिक साधारणसभाले ३५ प्रतिशत मुनाफा वितरणको प्रस्ताव पास गरेको छ । सभाले २१ प्रतिशत बोनस सेयर र १४ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पास गरेको हो ।

बैंक सञ्चालक समितिका अध्यक्ष पवन गोल्याणको अध्यक्षतामा सम्पन्न सभाले साधारणसभाले संस्थापक शेयरधनीबाट गोल्याण, एफएमओको तर्फबाट नीको पिल र कर्मचारी संचय कोषको तर्फबाट राजेन्द्र काफ्ले तथा सर्वसाधारण शेयरधनीबाट शिरिशकुमार मुरारका, योगेन्द्रलाल प्रधान र उत्तम भ्लोनलाई निर्वाचित गरेको छ ।

बैंकले १६३ वटा शाखा, पाँच एक्स्टेन्सन काउन्टर र १२८ वटा एटिएममार्फत सेवा प्रदान गर्दै आएको छ ।

Advertisement

Advertisement

Advertisement