उपसभामुख तुम्बाहाङफेलाई भित्रभित्रै प्रधानमन्त्री ओलीको साथ

Advertisement

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीको आडमा उप सभामुख डा. शिवमाया तुम्बाहाङफेले राजीनामा गर्न नमानेको हल्ला चलिरहेका बेला अर्काे रोचक तथ्य उजागर भएको छ । उप सभामुख तुम्बाहाङफेलाई प्रधानमन्त्री केपी ओलीले समेत भित्रभित्रै साथ दिईरहेका छन् ।

ओलीले सुभाष नेम्बाङलाई सभामुख बनाउन चाहेकाले तुम्बाहाङफेलाई राजीनामा गर्न दबाव दिईरहेको हल्ला यतिबेला बजारमा छ । तर ओलीले भने यतिबेला तुम्बाहाङफेलाई नै सभामुख बनाउन लागिपरेको नेकपा उच्च श्रोत बताउँछ ।

पूर्व माओवादीका तर्फबाट सभामुख भएका महरा बलात्कार काण्डमा जेल गएपछि केपी ओलीले सुभाष नेम्बाङलाई सभामुख बनाउन चाहेका थिए । सभामुख र उप सभामुख फरक फरक पार्टी र लिंगको हुनुपर्ने संबैधानिक व्यवस्थाका कारण उप सभामुख तुम्बाहाङफेलाई राजीनामा गराएर नेम्बाङलाई सभामुख बनाउने ओलीको योजना थियो ।

तर पूर्व माओवादीले कुनै पनि हालतमा सभामुख पद नछोड्ने अडान राखेपछि ओलीले तुम्बाहाङफे कार्डलाई बलियो ढंगले अघि सारेको श्रोत बताउँछ । ओलीले सभामुख पद पूर्व माओवादीलाई नदिनका लागि तुम्बाहाङफेलाई अघि सारेका हुन् । यो मामिलामा ओलीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले समेत दरो साथ दिएकी छिन् ।

प्रधानमन्त्री ओली अमेरिकी सहयोग नियोग एमसीसीको परियोजना सम्बन्धी दस्तावेजलाई संसदबाट जसरी पनि पास गराउने अभियानमा छन् । तर प्रचण्डले त्यसका विरुद्ध सार्वजनिक अभिव्यक्ति दिईसकेका छन् ।

एमसीसीलाई संसदबाट पास गराउनका लागि आफुले भने अनुसार अघि बढ्ने सभामुख ओलीलाई आवश्यक छ । प्रचण्ड पनि एमसीसीमा आंशिक संसोधन गराएरै छाड्ने योजनामा छन् र त्यसका लागि उनलाई पनि सभामुख आफुले भने अनुसार नै चल्ने व्यक्ति चाहिएको छ ।

नेम्बाङलाई सभामुख बनाउन नसकिने अवस्था आएपछि ओलीले तुम्बाहाङफेलाई नै सभामुख बनाउन चाहेको श्रोत बताउँछ । त्यसैले आजकल तुम्बाहाङफेले सभामुख बनाउने लिखित प्रतिवद्धता गरेपछि मात्रै आफुले उप सभामुखबाट राजीनामा दिने सर्त अघि सारेको श्रोत बताउँछ ।

Advertisement

Advertisement

Advertisement