सञ्चार सहकारीको अध्यक्षमा चापागाईं

Advertisement

काठमाडौं । सञ्चार बचत तथा ऋण सहकारी संस्थाको पाँचौ बार्षिक साधारणसभाले प्रदीप चापागार्ईंको अध्यक्षतामा नौ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।

सहकारीको शनिबार सम्पन्न सभाले उपाध्यक्षमा जगत नेपाल, सचिवमा विष्णु गौतम, कोषाध्यक्षमा गोविन्द लुइटेल, सदस्यहरुमा प्रकाश आचार्य, कालिका खड्का, रुक्मणि पोखरेल, रमेश लम्साल र द्धवारिका काफ्लेलाई चयन गरेको छ ।

संस्थाको सल्लाहकारहरुमा सहकारीका संस्थापक अध्यक्ष विष्णु निष्ठुरी, पूर्वअध्यक्ष निर्मला आचार्य रहेका छन् । संस्थापक अध्यक्ष निष्ठुरीका अनुसार पत्रकारहरुले कमाएको थोरै थोरै बचत गरेर सञ्चार क्षेत्रमै लगानी गर्ने र पत्रकारलाई सानो सानो रकम खोज्न अन्यत्र जानु नपरोस भन्ने उद्देश्यले सञ्चार सहकारीको स्थापना गरेको बताए ।

श्रमजीवी पत्रकारहरुको पेशागत सुरक्षा, सीप विकास र क्षमता अभिवृद्धि गर्ने र सानातिना गर्जो टार्ने उद्देश्यले स्थापना भएको यस सहकारीमा १९४ सदस्य छन् ।

Advertisement

Advertisement

Advertisement