छिन्नमस्ता सहकारी संस्थाको सातौँ साधारण सभा सम्पन्न

Advertisement

काठमाडौँ । बसुन्धरा-३ स्थित छिन्नमस्ता भगवती बचत तथा ऋण सहकारी संस्थाको सातौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

नेपाल धितोपत्र बोर्डका नबनियुक्त अध्यक्ष भीष्मराज ढुंगानाको प्रमुख आतिथ्य तथा वडाध्यक्ष दीपक केसी, समाजसेबी तथा बरिष्ठ अधिवक्ता रामप्रसाद पोखरेलको आतिथ्यमा साधारण सभा सम्पन्न भएको हो ।

उक्त साधारण सभाले उद्धवप्रसाद ढुंगेलको अदक्ष्यतामा नयाँ कार्यसमिति समेत चयन गरेको छ ।

छोटो समयमा नै आफ्नो शेयर सदस्यहरुलाई उच्च मुनाफा दिन सफल सहकारीले आगामी दिनहरुमा सामाजिक दायित्वलाई पनि संगै लैजाने निर्णय सहित आफ्ना सेयर सदस्यहरुको शिक्षा तथा स्वास्थ्यका लागी बिषेश प्याकेज ल्याउने निर्णय गरेको सहकारीका नवनिर्वाचित अध्यक्ष ढुंगेलले बताए ।

Advertisement

Advertisement

Advertisement